Erani Mahal
पाल्पामा थपिए ४७ जना काेराेना संक्रमित, १९ जना निकाे
Corona_
पाल्पा – पाल्पामा बुधबार ४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । ५० जनाको पीसीआर गर्दा १२ जना सङ्क्रमित र ७४ जनाको एनटिजीन परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । बुधबार ४७ जना सङ्क्रमित हुँदा १९ जना मात्र निको भएका छन् । पाल्पामा हालसम्म ४५७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनअघि चार सय जनाको सङ्ख्यामा सक्रिय सङ्क्रमित रहेकामा पुनः बढेर ४५७ पुगेको पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण १०८ जनाको निधन भईसकेको छ ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update