Erani Mahal
पाल्पामा ५३ जना काेराेना संक्रमित थपिए, २१ जना निकाे
coronavirus_
पाल्पा – पाल्पामा सोमबार ५३ जना कोरोना संक्रमित थपिएका छन् । ८६ जनाको पीसीआर गर्दा ११ जना र १३८ जनाको एनटिजीन परीक्षण गर्दा ४२ जना गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । थप भएका संक्रमितमा माथागढीका ३, रामपुरमा २२, पूर्वखोलामा १, रैनादेवी छहराका २, बगनासकालीका ११, तिनाउका ४, रिब्दीकोटमा २ र तानसेनमा ८ जना कोरोना संक्रमित थपिएका हुन् । सोमबार २१ जना कोरोना संक्रमित निको भएका छन् । सोमबार पाल्पामा कोरोना संक्रमित बढेका छन् ।
प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update