Erani Mahal
रामपुरमा मुख्यमन्त्री रोजगार कार्यक्रमबाट किसानलाई राँगो !
पाल्पा-युवालाई रोजगार बनाउने उदेश्यले उन्नत जातको रागो खरिद बापतको रकम रामपुर नगरपालिकाले हस्तान्तरण गरेको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत पहिलोपटक २ किसानलाई उक्त रकम हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ । उन्नत जातको रागोबाट उन्नत पाडापाडी जन्मिएर दूध तथा मासु उत्पादनमा राम्रो फाइदा लिन सकिने भएकोले किसानलाई उत्साही बनाउन सहुलियतका लागि रकम प्रदान गरेको हो । कृषिमा लगानीबाटै आर्थिक स्तर उन्नति गर्न सकिने भएकाले किसानलाई यो कार्यक्रम ल्याएको हो यसले रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले भन्नुभयो । थापाले रामपुर नगरपालिका ८ का २ किसानलाई उन्नत रागो बीउ वापतको रकम प्रदान गर्नुभएको हो । रामपुर ८ का दिल बहादुर चर्मकारलाई २४ हजार १ सय ७५ र ज्ञान बहादुर रामजालीलाई २४ हजार १ सय रुपयाको चेक हस्तान्तरण गर्नुभयो । साथै, सोही अबसरमा नगरप्रमुख थापाले कोभिड बाट ज्यान गुमाएका परिवारलाई समेत नगद रकम प्रदान गर्नुभयो । उहाँले कोभिडबाट मृत्यु भएका घरपरिवारलाई किरियाखर्च बापत केही सहयोग पुगोस् भनेर नगरपालिकाले घोषणा गरेको ३० हजार रुपैया रकम धनिमाया परियारलाई प्रदान गर्नुभएको हो ।
प्रकाशित मिति: सोमबार, असार १४, २०७८  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update