Erani Mahal
पाल्पाली परिवार ओमनद्वारा तीन विद्यालयमा अक्षयकोष स्थापना
कबजबथयन १
पाल्पा - पाल्पाली परिवार ओमनद्वारा जिल्लाका ३ विद्यालयमा १ लाख ३३ हजार रुपैयाको अक्षयकोष खडा गरिदिएको छ । कसेनी आधारभूत विद्यालय तानसेन–६ का लागि ४१ हजार बालकन्या भगवती आधारभूत विदालय गडसाललाई ४१ हजार महेन्द्र जनता प्राथमिक विद्यालय रिब्दिकोट पाल्पाका लागि ५१ हजार रुपैंयाकाे अक्षयकोष स्थापना गरेकाे हो । कसेनी आधारभूत विद्यालय र बालकन्या भगवती आधारभूत विद्यालय गडसालमा आयोजित एक कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि पाल्पाली परिवार ओमनका कोषाध्यक्ष शिव प्रसाद गैरेले पाल्पा जिल्लाको शिक्षा क्षेत्रमा योगदान गर्ने उद्देश्य अनुसार यो अक्षयकोष खडा गरिएको बताउनु भयो । कार्यक्रममा पाल्पाली परिवार ओमन पाल्पाका सदस्य दिल बहादुर रानाले संस्थाको स्थापनासंगै समाजसेवामा लागरिहेका बताउनु भयो । पाल्पा जिल्लाको शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्नका लागि गरिब र जेहेन्दार विद्यार्थीका लागि सहयोगार्थ यो अक्षयकोष खडा गरिको पाल्पाली परिवार ओमनका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा कसेनी आधारभूत विद्यालयका प्र अ इन्द्र बहादुर सारुले स्वागत मन्तव्य राख्दै आफ्नो परिवारको गासकाटेर यसरी स्कुलमा अक्षयकोष स्थापना गरिदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नु भयो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष टिका बहादुर थापाले यो मानवधर्ममा लाग्नु भएकोमा पाल्पाली परिवार ओमनलाइ शुभकामना ज्ञापन व्यक्त गर्नु भयो । यस्तै बालकन्या भगवती आधारभूत विद्यालयका विव्यासमितिका अध्यक्ष दामोदर घिमिरी,प्र.अ.पुष्करनाथ रेग्मीले परोपकारी भावनाका साथ अगाडि बढ्दै गएको पाल्पाली परिवार ओमनलाई शुभकामना व्यक्त गर्नु भयो ।कार्यक्रम पाल्पाली कलाकार कमल भट्टराईले व्यावस्थापन र संचालन गर्नु भएको थियो । पाल्पाली ओमन परिवार ओमनको मस्कटमा २०१९ मा स्थापना भइ ३२ जनाको समुहमा स्थापना गरि ओमनमा रहेका पाल्पाली युवाहरुको हकहितमा काम गर्दै आइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार १३, २०७८  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update