Erani Mahal
पूर्वखोला गाउँपालिकाको नवौं सभा : ४५ करोडको बजेट प्रस्तुत
purbakhola
पाल्पा– पूर्वखोला गाउँपालिकाको नवौं गाउँसभामा ४५ करोड बराबरको बजेट तथा नीति कार्यक्रम पेश भएको छ । गाउँसभा बाट २०७८÷०७९ को लागि ४५ करोड १४ लाख १५ हजार बरावरको अनुमनित वजेट उपाध्यक्ष भागीरथी भट्टराईले प्रस्तुत गर्र्नुभयो । ‘सुखी गाउँबासी, समृद्ध पूर्वखोलाको लक्ष्यका साथ पालिका भित्रका ‘एक वडा एक उत्पादन’ , घर एक फलफुलका बोट अनेक, कृषि तथा पशु जन्य वस्तुहरु प्रर्वद्धन गर्दै सोको बजारिकरणको लागि पहल गर्ने योजना रहेको छ । गाउँपालिका स्तरीय, विसादी रहित कृषि उपज उत्पादनमा प्रोत्सान गरिने, बांझो जमिन तथा सामुदायिक वनहरुमा पोषिलो घाँस उत्पादन गर्न प्रोत्साहित गरिने, साना सीपहरुको खोजी गरी संरक्षण तथा प्रवर्द्धनको लागि सीप विकासका तालिमहरुमा पहल गरिने नीति रहेको अध्यक्ष नुनबहादुर थापाले बताउनु भयो । ढुंगा कटिङ्ग उद्योग खोल्न संभाव्यता अध्ययन गर्ने गाउँपालिकाको योजना रहेको थापाले बताउनुभयो । आन्तरिक पर्यटनको लागि क्षेत्रगत आधारमा क्रमश प्रवर्द्धन गरिने तथा धार्मीक, एतिहासिक गुफा हरुको प्रर्वद्धन गरे निति राखेको छ । विद्यालय गुणस्तर सुधार र विग स्कूल अवधारणा अनुसार थालनी गरिएको विद्यालय समायोजनको कार्यलाई दिगो र भरपर्दो वनाउन विभिन्न योजना तथा कार्यक्रम संचालन गरिने छ । आधारभुत विद्यालय सम्म इन्टनेट सेवा सुविधा , वडा मा १ वटा नमुना विद्यालय वनाउन आवश्यक निति अव्लम्बन गरिने , सबै वडामा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि पहल गर्ने, घर घरमा जनप्रतिनिधि र कर्मचारी सेवा , जेष्ठ नागरीक पूर्वखोलाको पेवा लाई ध्यान दिदै जेष्ठ नागरीक चौमासिक रुपमा घर घरमै स्वास्थ्य सेवालाई निरन्तरता दिइने कार्यक्रम समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले बताउनुभयो । यस्तै गाउँपालिकाको केन्द्रदेखी वार्ड केन्द्रहरुलाई जोड्ने मोटर बाटो बनाई सडक वर्गिकरणको आधारमा बाह्रै महिना सवारी संचालनको लागि सडकहरुको स्तरोन्नति गर्ने योजना रहेको छ । पूर्वखोला गाउँपालिकाले कोविड १९ व्यवस्थापनको तथा कोविड १९ बाट प्रभावित व्यत्तिहरुलाई विशेष अनुदादन सहित विभिन्न कामहरु गर्दै आई रहेको छ । पूर्वखोला गाउँपालिकाले कृषि विकास, पशु सेवा, सहकारी, जलस्रोत तथा सिचाई, पर्यटन विकास उद्योग, भूमि व्यवस्थापन, आपुर्ति ३ करोड ४३ लाख ६५ हजार २ सय ६ रुपैया बराबरको प्रस्तावित व्याय विवरण प्रस्तुत गरेको छ । पूर्वाधार विकास ७ करोड ५० लाख सामाजिक विकासमा ४ करोड ९० लाख ५० हजार , शुसासन तथा अन्तर सम्बन्धित ५ करोड ९० लाख विविधमा न्यायिक समिति, वन तथा वातावरण , लगाएतमा प्रस्तावित बजेट प्रस्तुत गरेको अधिकृत पनेरुले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update