Erani Mahal
निस्दीको अर्चलेमा दोस्रो चरणको खोप संचालन
khop nisdi (2)
पाल्पा - जिल्लाकाे निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो चरणको खोप अभियान सन्चालन भएको छ । अर्चले स्वास्थ्य चौकीमा सन्चालन भएको खोप कार्यक्रममा २७ जना महिला र ३३ जना पुरुष गरि जम्मा ६० जनाले खोप लगाएको स्वास्थ्य चौकी प्रमुख मीन बहादुर रानाले बताउनु भएको छ । ६५ वर्ष देखि माथिका उमेर समूहहरुका लागि लगाइएको खोपको पहिलो मात्रा गत फागुन २७ गते लगाएका थिए ।
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update