Erani Mahal
निस्दी  गाउँपालिकाको  नवौं गाउँसभा : नीति कार्यक्रम सहित ५६ कराेड ४९ लाखकाे बजेट पेश
sava nisdi (1)
पाल्पा - निस्दी गाउँपालिका पाल्पाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष रिता कुमारी अर्याल खनालले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा निस्दीमा आगामी वर्ष कृषिमा आधुनिकीकरण गर्दै एक वडा दुई पकेट क्षेत्र विस्तार गरिने कार्यक्रममा उल्लेख छ। निस्दीलाई मासु अण्डा र दुधमा आत्मानिर्भर बनाउन कृषकलाई प्रोत्साहन गर्ने उल्लेख छ। निस्दी पर्यटन गुरु योजना बनाई धार्मिक तथा पर्यटन क्षेत्रको विकास र विस्तार गर्दै मगर सांस्कृतिको जगेर्ना गर्दै पुराना झाँकी नाचको संरक्षण र सम्बर्द्धनमा जोड दिने कार्यक्रममा रहेको छ। आगामी आर्थिक वर्षमा निस्दीको प्रत्येक वडामा बस संचालनको लागि मोटर बाटोको स्तरोउन्नति तथा विस्तार गर्ने र प्रत्येकको घर- घरमा बिजुली बत्ती बल्ने लक्ष्य लिएको कार्यक्रममा उल्लेख छ। शिक्षामा पहुँच र गुणस्तर शिक्षा प्रदानमा जोड दिदै शैक्षिक सामग्री व्यवस्थापन निर्माणमा जोड दिने छ। साथै कोभिड १९ कोरोना रोकथाम र नियन्त्रणको लागि अस्थायी कोरोना अस्पताल संचालन तथा विशेष जोड दिने कार्यक्रममा उल्लेख छ। साथै ७० वर्ष माथिका जेष्ठ नागरिक र विशेष अपांगता भएका व्यक्तिको घरमा स्वास्थ्यकर्मी गई स्वास्थ्य परिक्षण तथा प्राथमिक उपचार गरिने उल्लेख रहेको छ। निस्दीमा आगामी वर्ष १ घर १ धारा र १ वडा १ बाल उद्यान कार्यक्रमको शुरूवात गर्ने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ। सभामा गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक , विनियोजन विधेयक र बन विधेयक - २०७८ पारित गरेको थियो । निस्दीले आगामी आर्थिक वर्षको लागि कुल ५६ करोड ४९ लाख ८० हजार ७ सय ९३ रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक विकास तर्फ कृषि तथा पशु विकासमा ३ करोड १२ लाख , उद्योग तथा वाणिज्यमा १२ लाख , पर्यटनमा १२ लाख , सहकारीमा १० लाख विनियोजन गरेको छ । सामाजिक विकास तर्फ शिक्षामा १ करोड ३५ लाख , स्वास्थमा १ करोड ३३ लाख , खानेपानी तथा सरसफाइ तर्फ ५ करोड ५९ लाख , संस्कृती प्रबर्द्धनमा ५ लाख , खेलकुद तथा मनोरञ्जनमा ३० लाख , लैंगिक समानतामा ८० लाख विनियोजन गरेको छ । पुर्वधार विकास तर्फ ६ करोड ५९ लाख , वातावरण तथा विपत व्यवस्थापन तर्फ ३० लाख र संस्थागत विकास सेवा प्रवाह र शुसासन तर्फ २८ लाख बजेट विनियोजन गरेको छ। निस्दीमा गाउँसभामा प्रवेश गर्नुअगाडि जनप्रतिनिधि , कर्मचारी र पत्रकारहरुको एन्टिजेन परिक्षण गरि नेगेटिभ रिपोर्ट आउनेहरूलाई मात्र सभाहलमा प्रवेश गराएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update