Erani Mahal
झुम्सामा माेटरसाइकल दुर्घटना एककाे मृत्यू , एक घाइते
bike_accident
पाल्पा- जिल्लाकाे झुम्सामा माेटरसाइकल दुर्घटना एक जनाकाे मृत्यू भएकाे छ भने एक जना घाइते भएका छन् । तिनाउँ गाउँपालिका ३ झुम्सा स्थित सिद्दार्थ राजमार्गमा पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु ६७ प ५९११ न.को मोटरसाइकल दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । माेटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिन जाँदा मोटर साइकल चालक जिल्ला बर्दिया बासगढी नगरपालिका वडा नं. ६ घर भई हाल झुम्सा चौकीभञ्ज्याङ भित्र सडक मर्मत सम्बन्धि लेवर काम गर्ने ३६ वर्षको जग्गु डाँगीकाे निधन भएकाे छ । दुर्घटना पश्चात प्रादेशिक अस्पताल बुटवलमा उपचारकाे लागि लगिएकाे थियाे । मोटर साइकल पछाडी सवार जिल्ला बर्दिया बासगढी नगरपालिका वडा नं. ६ भई हाल झुम्सा चौकीभञ्ज्याङ भित्र सडक मर्मत सम्बन्धि लेवर काम गर्ने बर्ष अं. ३० को दिपेन्द्र चौधरी घाईते भएकोमा निज घाईतेलाई उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पठाईएको छ । मोटर साइकल चालक जग्गु डाँगीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यू भएको प्रहरीले जनाएकाे छ । घाइते दिपेन्द्र चौधरीकाे अवस्था सामान्य रहेको सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update