Erani Mahal
आगामि वर्षकाे बगनासकाली गाउँपालिकाकाे नीति कार्यक्रम यस्ताे छ : पूरा विवरण सहित !
Bajet Niti karyakram 2078 (1)
पाल्पा - बगनासकाली गाउँपालिकाकाे दशाै सभा सुरू भएकाे छ । सभामा गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले अागानी अाव २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयाे । उहाँले कृषि क्षेत्रकाे विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ । उपाध्यक्ष चिदीले कृषिकाे अाधुनिकीकरण, पशुपालन, प्रविधि प्रयाेग, उन्नत जातकाे बीउ वितरण तथा दुधमा अनुदान दिने नीति गाउँपालिकाले अघि सारेकाे बताउनुभयाे । उहाँले कृषि क्षेत्रलाई प्राथमिकता राख्दै किसानलाई राहत दिन कृषि वीमा कार्यक्रम ल्याएकाे जानकारी दिनुभयाे । बगनासकालीले गाउँपालिकाभित्रका विद्यालयमा काम गर्ने शिक्षाका कर्मचारी र बाल सहयाेगी कार्यकर्तालाई मासिक तलब १५ हजार दिने जनाएकाे छ । यस्तै पालिकाभित्रका सडककाे लगतकट्टा गरेर सडककाे बर्गीकरण गरेर स्तरउन्नति गर्ने नीति तथा कार्यक्रममा समेटिएकाे छ । गाउँपालिकाले अहिलेसम्म बालमैत्री गाउँपालिका घाेषणा, फुसकाे छानारहित गाउँपालिका घाेषणा, युपालाई प्रमाणपत्र राखेर धिताे दिने कार्यक्रम जिल्लाकै लागि उदाहरणीय भएकाे गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले बताउनुभयाे । उहाँले गाउँपालिकाले सबैकाे सल्लाह रलसुझाव अनुसार अघि बढ्ने बताउँदै राजनैतिक दल, पत्रकार तथा नागरिक समाजलाई निरन्तर सल्लाह सुझाव दिन अाग्रह गर्नुभयाे । अध्यक्ष बस्यालले गाउँपालिकाले काेराेनाबाट प्रभावित युवा, मृतकका परिवारलाई समेत उपचार र अन्य राहतकाे व्यवस्था गर्ने बताउनुभयाे । कार्यक्रममा पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले सुशासनकाे क्षेत्रमा गाउँपालिकाले व्यवहारमै काम गर्नुपर्ने बताउनुभयाे । उहाँले गाउँपालिकाकाट विनियाेजन भएकाे बजेट वडा र गाउँतहसम्म सार्वजनिक गर्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले महासङ्घकाे संस्थागत विकास र पाल्पाका संचारसंस्थाकाे विकासमा समेत ध्यान दिन अाग्रह गर्नुभयाे । समामा अागामी अार्थिक वर्षका लागि ४६ कराेड बढीकाे बजेट तथा कार्यक्रम पेश भएकाे छ । हेर्नुहाेस पूरा विवरण पूरा विवरणकाे लागि वेवसाइटकाे लिंकमै जानुहाेला । [pdf-embedder url="https://eranimahal.com/wp-content/uploads/2021/06/Bajet-Niti-karyakram-2078-1.pdf" title="Bajet Niti karyakram 2078 (1)"]
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update