Erani Mahal
रिब्दीकोट गाउँपालिकाको बजेट ४८ करोड ३९ लाख :  हेर्नुहोस पूर्ण पाठ
budget 2078.79
पाल्पा -रिव्दीकोट गाउँपालिका पाल्पाले आगामी आर्थिक वर्ष ०७८।०७९ को लागि कोरोना नियन्त्रण, अत्यावश्यकीय स्वास्थ्य प्रवन्ध, जनतामा स्वास्थ्य जीवन शैली, स्वास्थ्य चेतना र सकारात्मक सोंचको विकासमा जोड दिर्दै बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी खनालले कृषि पर्यटन, उद्योग तथा व्यपारा, सहकारी वित्तिय क्षेत्रको विकास मार्फत आर्थिक विकास गर्ने प्राथमिकता रहेको बताउनुभयो । यस्तै कृषि तथा पशुपालनमा व्यवसायिकरण गर्दै जाने तथा पर्यटकीय गन्तव्यस्थलहरुको पहिचान, प्रचारप्रसार गर्ने, शिक्षा स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रर्वद्धन, लैंगिक समानता तथा सामाजिक समावेशीकरणको माध्यमबाट सामाजिक विकास गर्ने गरी बजेट ल्याइएको अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभएको छ । यस्तै वन तथा वातावरण तथा विपद व्यवस्थापन, शासकीय क्षमताको विकास गरी सदाचार प्रर्वद्धन गर्ने समेत बजेटका प्राथमिकता रहको उपाध्यक्ष खनालले बताउनुभयो । गाउँपालिकाले समग्र विकासको लागि ४८ करोड ३९ लाख ९४ हजार बराबरको बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताउनुभयो । अर्यालका अनुसार चालु तर्फ ५ करोड ५९ लाख र अन्य पूर्वाधार विकास, भौतिक विकास, वडाहरुमा वितरण लगायतको बजेट रहेको छ । हेर्नुहोस रिब्दीकोट गाउँपालिकाको पूर्ण बजेट [pdf-embedder url="https://eranimahal.com/wp-content/uploads/2021/06/budget-2078.79.pdf" title="budget 2078.79"]
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update