Erani Mahal
माथागढीको बजेट नीति तथा कार्यक्रम पूर्वाधार  र कृषि प्राथमिकता : ५५ करोड विनियाेजन
sava
पाल्पा - जिल्लाको माथागढी गाउँपालिकाले आगामी वर्षको लागि नीति कार्यक्रम र बजेट सार्वजनिक गरेकाे छ । सडक पूर्वाधार विकास, शिक्षा, कृषि तथा पशुपालन, खानेपानी, विद्युत र स्वास्थ्यलाई प्राथमिकतामा राखेकाे छ । आगामी वर्षकाे लागि ५५ करोड ८५ लाख ८८ हजार ४ सय ३४ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको नवौं गाउँसभामा निर्मला भटराइले नीति तथा कार्यक्रमलाई पूरा गर्नको लागि ५५ करोड ८५ लाख ८८ हजार ४ सय ३४ बराबरको बजेट सार्वजनिक अनुमानित आय व्यय प्रस्तुत गर्नुभयो । उहाँले सडक पूर्वाधार विकास, कोभिड नियन्त्रण, व्यवसायीक कृषि, पशुपालन,विद्युत विस्तार लगायतका क्षेत्रमा बजेट प्राथमिकतामा राखेको बताउनुभयो । पूजीगततर्फ २४ करोड १८ लाख ५४ हजार ४३।३ प्रतिशत र चालुतर्फ ३१ करोड ६७ लाख ३४ हजार ५६।७ विनियोजन गर्न पेश गर्नुभएको छ । आय तर्फ सरकारी वितिय हस्तान्तरण अन्तर्गत संघीय सरकारबाट समानिकरण अनुदान १० करोड ७९ लाख,सशक्त अनुदान तर्फ २५ करोड १० लाख,समपुरक अनुदान तर्फ २ करोड ८ लाख,बिशेष अनुदान तर्फ १ करोड १६ लाख बजेट विनियोजन भएको छ । त्यस्तै लुम्बिनी प्रदेश सरकारबाट समानिकरण तर्फ ५० लाख ८ हजार,ससर्त अनुदान तर्फ १ करोड ४५ लाख ४४ हजार,समपुरक अनुदान तर्फ १ करोड ५० लाख विनियोजन भएको छ । सघीय राजस्व बाडफाडबाट ८ करोड २० हजार २३ हजार ,प्रदेश सरकारबाट ८७ लाख १३ हजार ४ सय ३३ र आन्तरिक स्त्रोतबाट ४ करोड १७ लाख र अन्य आयबाट ३ लाख विनियोजन भएको छ । गाउँसभाको चालु अधिवेशनले बजेट तथा नीति कार्यक्रम पास गर्नेछ । गाउँसभामा विकासको मेरुदण्ड सडक भएकाले सडक नपुगेका ठाउँमा सडक विस्तार, स्तरउन्नती तथा कालोपत्रे गर्ने,पुलहरुको निमार्ण गर्ने,गाउपालिकाको प्रशासकृय भवनको निमार्ण गनर्,े कृषि, तथा पशुपालनलाई आधुनिकिकरण गर्ने नीति लिइएको छ । यस्तै खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो । यस्तै सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, कोरोनाको खोप खरिद गर्ने,कृषि तथा पशुपालनलाई व्यवस्थित गरिने,पालिकाको प्रशासकृय भवनको निमार्ण गर्ने, अभिलेखिकरण लगायतका काम गर्ने समेत योजना रहेको छ । गाउँसभामा उपाध्यक्ष निर्मला भटराई, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, वडा अध्यक्षहरु, विषयगत समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी,राजनैतिक दलका नेताहरुक लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update