Erani Mahal
रिव्दीकोट गाउँपालिकाको नवौं गाउँसभा सुरु : नीति कार्यक्रम र बजेट पेश
final नीति तथा कार्यक्रम
पाल्पा- जिल्लाको रिव्दीकोट गाउँपालिका पाल्पाको नवौं अधिवेशन सुरु भएको छ । बुधवारबाट सुरु भएको गाउँसभामा आर्थिक वर्ष २०७८।०७९ का लागि नीति कार्यक्रम र बजेट समेत पेश भएको छ । गाउँसभामा अध्यक्ष नारायण बहादुर जिसीले नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मी खनालले आगामी वर्षको लागि बजेट पेश गर्नुभएको हो । गाउँसभामा उत्कृष्ठ कर्मचारीलाई समेत सम्मान गरिएको छ । बुधवारबाट सुरु भएको सभामा नीति कार्यक्रम र बजेटमाथी छलफल गरी सभाले पास गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताउनुभयो । । सभामा कार्यपालिका सदस्य, टोल विकास संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको छ । सभामा कोभिड नियन्त्रण, कृषि पशुपालन र विकास निर्माणलाई प्राथमिकतामा राखेर बजेट तथा नीति कार्यक्रम ल्याइएको अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । हेर्नुहाेस पूर्णपाठ [pdf-embedder url="https://eranimahal.com/wp-content/uploads/2021/06/final-नीति-तथा-कार्यक्रम.pdf" title="final नीति तथा कार्यक्रम"]
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update