Erani Mahal
विप्लव नेतृत्वको नेकपाद्वारा भैरवस्थानका पहिरो पीडितलाई राहत
rahat (1)
पाल्पा- नेपाल कम्युनिस्ट पार्टी पाल्पाले भैरवस्थानमा बर्षातका कारण घर क्षति भई ज्यान घुमाउने पीडित परिवारलाई राहत वितरण गरेको छ । पाल्पाको रिब्दिकोट गाँउपालिका स्थित वडा नं.४ मन्छिपमा महेन्द्र भट्टराईका छोरा १९ बर्षका मदन भट्टराईको असार १ गते साझ ६ बजे तिर एकाक्सि आएको पहिरोले उहाँलाई संगै घरलाई समेत बगाएको थियो । दुखद् घडीमा नेपाल कम्युनिस्ट पार्टीले उक्त पीडित परिवारको घरमा पुगेर चामल,नुन,तेल,दाल,मास्क र साबुन लगायतका सामाग्रीहरु वितरण गरेको छ । राहत वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा-गुल्मी जिल्ला ईन्चार्ज अपेक्षाले दुखको बेलामा आँफुहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुखद् घडीमा शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्नुपर्ने भन्दै पीडित आमा बिष्णु भट्टराई र उहाँहरुलाई सात्न्वना दिदै मृतक मदन भट्टराई प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै गहिरो समवेदना व्यक्त गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभातले राज्यको गैर जिम्मेवारी पन कारणले बाढी पहिरोको उचित व्यवस्थापन र रोकथाम नगर्दा नागरिकहरुले बर्सेनी अनाहकमा दुख पाउनुका साथै ज्युउज्यान गुमाउनु परेको बताउनुभयो । यस्तै रिब्दिकोट गाँउपालिका वडा नं.२ देउरालीमा ९० घरधुरीहरुलाई मास्क र साबुन समेत वितरण गरेको छ । पीडितले भने घटना पश्चात उद्दारका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरी मात्रै आएर गएपछि कसैले पनि वास्ता नगरेको बताएका छन् । आफूहरु बसेको स्थानमा विद्युतको समेत पहिरोले समस्या भएको उनीहरुको गुनासो छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य नारायण केसी, अखिल (क्रान्तिकारी)का जिल्ला उपाध्यक्ष सुदिप विश्वकर्मा,नेपाल पत्रकार महासंघ मिर्मिरे प्रतिष्ठान शाखा अनामनगर काठमाडौंका सहसचिव मुक्ति गैरे लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update