Erani Mahal
तिनाउको झ्याङ्लामा ६ सय घना बाँस रोपण
bb
पाल्पा -तिनाउ गाउँपालिका वडा न २ झ्याङ्ला स्थित दोभान खोला किनारमा ६ सय घना बाँस रोपण गरिएको छ । डिभिजन वन कार्यालयको आयोजनामा एक कार्यक्रम गरी बाँस रोपण शुभारम्भ गरिएको छ । प्रदेश सभा सदस्य तुलाराम घर्ती र उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिब राजेन्द्र केसीले एकैसाथ बाँसको बिरुवा रोपण गर्नुभएको थियो । वाँस रोपण कार्यक्रममा प्रदेश सभा सदस्य घर्तीले बाँसले वातावरण संरक्षणसँगै आयआर्जनमा समेत सहयोग पुग्ने भएकाले यसको संरक्षण आवश्यक रहेको बताउनुभयो । यस्तै प्रदेशका सचित केसीले मन्त्रालयले वन जंगल वातावरण संरक्षणमा विरुवा नभई रुख रोप्ने कार्यक्रम अगाडि सारेको बताउनुभयो । उहाँले बाबुबाजेले लगाएका ठूला रुखहरु मासिदै गएकाले अब वहुवर्षे रुखहरु लगाउनुपर्ने बताउनुभयो । कार्यक्रममा डिभिजन वन प्रमुख मोहन पौडेल, उपभोक्ता समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । दोभान खोलामा जैबिक तटबन्ध, हरित सौन्दर्य एवम आयआर्जनको दृष्टिबाट यो कार्यक्रमलाइ अत्यन्त महत्वका साथ हेरिएको वन कार्यालयका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । बदेलपोखरी सामुदायिक वन उपभोक्ता समुहको सकृयता र डिभिजन वन कार्यालयको स्वीकृत बजेट बमोजिम ६ सय घना बाँस उक्त क्षेत्रमा रोपण गर्ने कार्यक्रम रहेको छ । तस्विर यमलाल पाेखरेलकाे सहयाेगमा ।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update