Erani Mahal
तिनाउ गाउँपालिकाको बजेट ४७ करोड ७६ लाख : बजेट सहित !
Upadheche annul budget 078-79
पाल्पा- तिनाउ गाउँपालिकाले आगामी वर्षको लागि कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राख्दै ४७ करोड ७६ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष दमयन्ती ताथाले नीति तथा कार्यक्रमलाई पूरा गर्नको लागि ४७ करोड ७६ लाख ९२ हजार ८ सय ६५ रुपैंया बराबरको अनुमानित आय व्यय प्रस्तुत गर्नुभयो । उहाँले कोभिड नियन्त्रण, व्यवसायीक कृषि, पशुपालन, सडक पूर्वाधार विकास, विद्युत विस्तार लगायतका क्षेत्रमा बजेट प्राथमिकतामा राखेको बताउनुभयो । पूजीगततर्फ १८ करोड ८८ लाख ६० हजार ८ सय ६५ र चालुतर्फ २७ करोड ७७ लाख २२ हजार विनियोजन गर्न पेश गर्नुभएको छ । गाउँसभाको चालु अधिवेशनले बजेट तथा नीति कार्यक्रम पास गर्नेछ । गाउँसभामा विकासको मेरुदण्ड सडक भएकाले सडक नपुगेका ठाउँमा सडक विस्तार र स्तरउन्नती गर्ने नीति लिइएको छ । यस्तै खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो । यस्तै सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, स्वास्थ्य संस्थाको स्तरउन्नती, स्वास्थ्य इकाईहरुको संचालन, यस्तै शिक्षा तर्फ आधारभूत तहका विद्यालयहरुमा आउँदो शैक्षिक सत्र देखि अनिवार्य रुपमा १ देखि ३ सम्मको कक्षामा अंगे्रजी माध्यमबाट अध्यापन गराइने कार्यलाइ निरन्तरता दिइने छ । गाउपालिका भित्रका माध्यामीक विद्यालयहरुलाई आवासिय विद्यालयको रुपमा विकास गरिदै लगिने छ । भवन निर्माण तथा अभिलेखिकरण लगायतका काम गर्ने समेत योजना रहेको छ । गाउँसभामा उपाध्यक्ष दमयन्ती थापा प्रवक्ता राजेश श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, वडा अध्यक्षहरु, विषयगत समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । हेर्नुहोस बजेटको पूणर्पाठ ः [pdf-embedder url="https://eranimahal.com/wp-content/uploads/2021/06/Upadheche-annul-budget-078-79.pdf" title="Upadheche annul budget 078-79"]
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update