Erani Mahal
तिनाउ गाउँपालिकाको नीति कार्यक्रम : कृषि र सडक प्राथमिकता (पूर्ण पाठ सहित) !
Final Adheche niti tatha karekram 2078-79
पाल्पा- तिनाउँ गाउँपालिकाले आगामी वर्षको लागि कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखेको छ । गाउँपालिकाको नवौं गाउँसभामा अध्यक्ष ओमबहादुर घर्तीले नीति तथा कार्यक्रम पेश गर्दै कोभिड नियन्त्रण, व्यवसायीक कृषि, पशुपालन, सडक पूर्वाधार विकास, विद्युत विस्तार लगायतका क्षेत्रमा काम गर्ने बताउनुभयो । गाउँसभामा विकासको मेरुदण्ड सडक भएकाले सडक नपुगेका ठाउँमा सडक विस्तार र स्तरउन्नती गर्ने नीति लिइएको छ । यस्तै खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने अध्यक्ष घर्तीले बताउनुभयो । यस्तै सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, स्वास्थ्य संस्थाको स्तरउन्नती, स्वास्थ्य इकाईहरुको संचालन, यस्तै शिक्षा तर्फ आधारभूत तहका विद्यालयहरुमा आउँदो शैक्षिक सत्र देखि अनिवार्य रुपमा १ देखि ३ सम्मको कक्षामा अंगे्रजी माध्यमबाट अध्यापन गराइने कार्यलाइ निरन्तरता दिइने छ । गाउपालिका भित्रका माध्यामीक विद्यालयहरुलाई आवासिय विद्यालयको रुपमा विकास गरिदै लगिने छ । भवन निर्माण तथा अभिलेखिकरण लगायतका काम गर्ने समेत योजना रहेको छ । गाउँसभामा उपाध्यक्ष दमयन्ती थापा प्रवक्ता राजेश श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, वडा अध्यक्षहरु, विषयगत समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको छ । हेर्नुहाेस नीति कार्यक्रम पूर्णपाठ [pdf-embedder url="https://eranimahal.com/wp-content/uploads/2021/06/Final-Adheche-niti-tatha-karekram-2078-79.pdf" title="Final Adheche niti tatha karekram 2078-79"]
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update