Erani Mahal
समुदाय स्तरमा कोरोना बढेपछि निस्दीको ज्यामिरे एक हप्ता सिल
nis di sil
पाल्पा– समुदाय स्तरमा कोरोनाको संक्रमण बढ्दै गएपछि निस्दी गाउँपालिका वडा नं. ७ ज्यामिरेलाई सिल गरिएको छ । गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै २०७८।०२।८ गते राती १२ बजेदेखि १५ गते राती १२ बजेसम्मका लागि वडामा प्रवेश र बाहिर जान निषेध गरिएको गाउँपाकिाका प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । खनालका अनुसार अत्यावश्यक तथा कच्चा पदार्थ ढुवानीको काम भने चल्ने छ । दोस्रो भेरियन्टसँगै गाउँमा कोरोनाका विरामीहरु बढेको स्वास्थ्य शाखा प्रमुख रेम दिशाले रानीमहललाई बताउनुभयो । उहाँले कोरोना परीक्षण गर्ने र अन्यमा संक्रमण नफैलियोस भनेर वडा सिल गरिएको हो ।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update