Erani Mahal
पाल्पामा थपिए ५६ जना काेराेनाका विरामी
corona_palpa
पाल्पा– एक हप्ता एता आेरालाे लागेकाे पाल्पाकाे काेराेना संक्रमण पुन बढेकाे छ । पाल्पामा पछिल्लो २४ घण्टामा ५६ जनामा काेराेना पुष्टी भएकाे छ भने २२ जना कोरोना मुक्त भएका छन् । पिसिआर विधिबाट ५ जना र एन्टिजेन प्रविधिबाट ५१ जना गरी ५६ जनामा कोरोना परीक्षणको क्रममा पोजेटिभ आएको हो । भने २२ जना काेराेना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पाका आज २२ जनामा १२ महिला र १० जना पुरुषले कोरोना संक्रमण मुक्त भएका छन् । पाल्पामा कोरोनाबाट थप दुइ जनाको निधन भएको छ यससँगै कोरोनाबाट निधन हुनेको संख्या १ सय ६ पुगेको छ । तानसेनका २१, रिब्दीकाेटकाे ३ तिनाउँकाे १८ बगनासकालीकाे ३ रैनादेवी र रम्भाकाे २/२ र रामपुरका ७ जनामा कोरोना देखिएको हो । पाल्पामा यससँगै कोरोना संक्रमित हुनेको संख्या ६ हजार ८ सय ५२ पुगेको छ । निको हुनेको संख्या ६ हजार तीन सय २७ पुगेको छ । भने ४ सय १९ जना सक्रिय संक्रमित रहेको छन् ।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update