X
1005
Shares

रजस्वला हुँदा र गर्भ परीक्षणकाे क्रममा रामपुरका महिला कर्मचारीलाइ विदा !

सीता डाेटेल || ९ असार २०७८,बुधबार ०९:१९

पाल्पा- रामपुर नगरपालिकाले महिला कर्मचारीलाई मध्यनजर गर्दै महिनाबारी रजस्वलाका बखत महिनामा १ दिन र गर्भवती महिलाका लागि नियमित चेकका लागि ४ दिन बिदा दिने भएको छ ।

नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा गतबर्ष नै बसेको महिला कर्मचारीको बैठकले शारीरिक पिरियडको अबस्थामा स्वास्थ्य कमजोर हुने हुदा सहुलियत दिन हरेक महिना महिनाबारीको समयमा र गर्भवती कर्मचारीको नियमित चेकअपलाई सो समय कार्यालयमा हुनुपर्ने हुँदा नमिल्ने भन्दै बिदा माग गरेको थियो ।

महिला कर्मचारीको नियमित बैठकको निर्णय नम्बर ३ को ७ नम्बर बुँदामा महिला जनप्रतिनिधि,कर्मचारी र बिद्यार्थीलाई गुणस्तरीय सेनेटरी प्याडको व्यबस्था र महिनाबारी र गर्भावस्थामा तोकिए अनुसार बिदा बिषयमा छलफल गरि पेस गरेको महिला शाखाका सहायक महिला विकास निरीक्षक पुजा परियारले बताउनुभयो ।

यस नगर सभाबाट महिनाबारीका बखत मासिक १ दिन र गर्भावस्था अबधिमा नियमित जाचको लागि ४ पटकको ४ दिन बिदा पास हुनु महत्वपूर्ण भएको बताउदै अब कार्यान्वयनमा जाने नगर उपप्रमुख बिष्णुदेवी आचार्यले बताउनुभयो । यस अघि कार्यालय र बिद्यालयमा सेनेटरी प्याडको व्यबस्था भैसकेको छ ।

सो समय कार्यपालिका बैठकमा छलफल भएपनि निर्णय हुन सकेको थिएन । पछि यही बिषयबस्तुलाई महिला शाखाले सामाजिक बिकास समिति मार्फत कार्यपालिका बैठकमा छलफलपछि बैठकले पास गरेर सभामा लगिएको हो ।

नगरपालिकाको नवौं नगरसभाले आगामी आर्थिक बर्ष २०७८/०७९ देखि लागू हुने गरि नगरपालिका कार्यालय, नगरपालिका भित्रका सबै सरकारी कार्यालय र बिद्यालयमा कार्यरत महिला कर्मचारीहरु महिनाबारी हुँदा हरेक महिना र गर्भवती भएका बखत नियमित चेकजाचको लागि ४ पटक बिदा दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो।

हरेक महिना महिलामा हुने महिनाबारी प्राकृतिक गहना हो । यही महत्वपूर्ण पिरियडका कारण सुन्दर भविश्यको जन्म हुने हुँदा स-सम्मान महिनाबारीलाई सुन्दर जिवनको सार्थकताका लागि महत्त्वपूर्ण मानिन्छ । सो समयमा महिलाको रक्तश्राब हुने हुँदा सामान्यतया पेट दुख्ने, कमजोर महशुस हुने र कतिपय बिरामी नै हुने गरेको अबस्थामा काम गर्न कार्यालय पुग्नुपर्ने बाध्यात्मक अबस्था छ । महिलाको स्वास्थ्य अबस्था र सहजता र बिरामी हुँदै गर्दा कार्यालय पुग्न र दिनभर सेवा दिदा सो कर्मचारीमा थप पीडा हुने कुरालाई मध्यनजर गर्दै बिदा दिनु उचित हुने बिषय बेला- बेलामा उठेको थियो ।

साथै सरकारले हरेक गर्भवती महिलालाई नियमित ४ पटक अनिवार्य चेकजाच गर्न भनेको छ । तर दैनिक बिहान १० देखि ४/५ बजेसम्म कार्यालयमा काम गर्नुपर्ने गर्भवती महिला नियमित चेकको लागि स्वास्थ्य सस्था जान समय नपाउने हुदा त्यस अबधिलाई मध्यनजर गर्दै गर्भवती महिलाको हकमा सरकारले तोकेको समयमा ४ पटक गर्भजाचको लागि बिदा दिने निर्णय भएको हो ।

सरकारले तोकिएको महिनामा नियमित कम्तीमा ४ पटक गर्भ जाचलाई अनिवार्य गरेको छ । महिलाले आफू गर्भवती भएको थाहा पाउनासाथ अथवा ४ महिना, गर्भवती भएको ६ महिना, गर्भवती भएको ८ महिनामा अथवा ३२ हप्तामा र गर्भवती भएको ९ महिनामा वा ३६ हप्तामा शिशुको अवस्था तथा शिशु गर्भमा कसरी बसेको छ? (साधारण/असाधारण वा उल्टो\सुल्टो) पत्ता लगाउन परीक्षण गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys