Erani Mahal
रैनादेवी छहरा गाउँपालिकाकाे आगामी वर्षकाे नीति कार्यक्रम : पूर्ण पाठ सहित !
नीति तथा कार्यक्रम २०७७-७८
पाल्पा– पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आफ्नो नवौं गाउँसभा मार्फत नीति तथा कार्यक्रम पेश गरेको छ । साेमबारदेखि सुरु भएको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चेतकुमारी थापाले आर्थिक वर्ष २०७८।०७९ को लागि नीति कार्यक्रम पेश गर्नुभएको हो । नीति कार्यक्रममा गाउँपालिकाले कोभिड नियन्त्रण, शिक्षा स्वास्थ्य, पर्यटन र कृषि, पशुपालनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले गाउँमा कोरोनाको नियन्त्रणसँगै आर्थिक विकासको लागि शिक्षा, स्वास्थ्य, कृषि पशुपालनको माध्यमबाट रैनादेवी छहराको वृहत्तर विकासमा सहयोग गर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको गाउँसभामा विनियोजन विधेक समेत पेश गरिनेछ । पालिको आगामि वर्षमा विश्व महामारीको रुपमा रहेको कोभिड नियन्त्रण र पशुपालन, कृषि पेशालाई थप प्रभावकारी बनाउने गरी योजना बनाइएको बताउनुभयो । उहाँले सोही अनुसार गाउँसभामा बजेट समेत पेश हुनेछ । गाउँसभामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सांसद, पूर्व सांसद, विषयगत समितिका सदस्यहरु, जनप्रतिनिधि, सरोकारवाला पत्रकार लगायतको सहभागिता रहको थियाे । गाउँसभाले अागामि आर्थिक वर्षकाे लागि बजेट समेत ल्याउने प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले बताउनुभयाे । अहिले नीति तथा कार्यक्रममा आएका कुराहरुकाे आधारमा पालिकाले बजेट बनाउने गर्दछन् । हेर्नुहाेस पूर्ण पाठ [pdf-embedder url="https://eranimahal.com/wp-content/uploads/2021/06/नीति-तथा-कार्यक्रम-२०७७-७८.pdf" title="नीति तथा कार्यक्रम २०७७-७८"]
प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update