Erani Mahal
पाल्पामा फेरी बढ्याे काेराेना संक्रमण ७१ जना थप ३५ जना निकाे
Coronavirus-recession
पाल्पा– एक हप्ता एता आेरालाे लागेकाे पाल्पाकाे काेराेना संक्रमण पुन बढेकाे छ । पाल्पामा पछिल्लो २४ घण्टामा ७१ जनामा काेराेना पुष्टी भएकाे छ भने ३५ जना कोरोना मुक्त भएका छन् । पिसिआर विधिबाट ५ जना र एन्टिजेन प्रविधिबाट ६६ जना गरी ७१ जनामा कोरोना परीक्षणको क्रममा पोजेटिभ आएको हो । भने ३५ जना काेराेना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पाका आज ३५ जनामा १७ महिला र १८ जना पुरुषले कोरोना संक्रमण मुक्त भएका छन् । पाल्पामा कोरोनाबाट थप एक जनाको निधन भएको छ यससँगै कोरोनाबाट निधन हुनेको संख्या १ सय ४ पुगेको छ । तानसेनका १७, निस्दीका ३१ रिब्दीकोटका ५, बगनासका ६, रैनादेवीका १ पूर्वखोलाका ५, रामपुरका ५ र माथागढीका २ जनामा कोरोना देखिएको हो । पाल्पामा यससँगै कोरोना संक्रमित हुनेको संख्या ६ हजार ७ सय ९६ पुगेको छ । निको हुनेको संख्या ६ हजार तीन सय ५ पुगेको छ । भने ३ सय ८७ जना सक्रिय संक्रमित रहेको छन् ।
प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update