Erani Mahal
तानसेनको बसपार्कमा कोभिड नियन्त्रण तथा रोकथाम सहायता कक्ष
escout
दयाराज न्यौपाने, पाल्पा - नेपाल स्काउटले नोवेल कोरोना (कोभिड–१९) कोरोना सङ्क्रमणको दोस्रो लहर रोकथामका लागि सचेतना मूलक कार्यक्रम गरिरहेको छ । चीनको वुहानबाट एकाएक विश्वभर महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरसको दोश्रो लहरको सचेतना र रोकथाम लागि नेपाल स्काउटले पाल्पा तानसेनको मुख्य-मुख्य चोक एवं व्यस्त बजारमा सचेतना कार्यक्रम संचालन गरेको छ । तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले तानसेनको बसपार्कमा कोभिड नियन्त्रण तथा रोकथाम सहायता कक्षको सुभारम्भ गदै स्काउटको सामाजिक कार्यमा बेग्लै र अर्थपूर्ण भुमिका रहेको बताउदै स्वयसेवी भावनाको कदर गर्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो महामारीका बेला सचेतना जगाउदै स्वास्थ्य सामाग्री बितरण गर्नु स्रहानिय कार्य भएको बताउनुभयो । बजारका भिडभाड स्थानमा पुगि मास्क सेनिटाईजर बितरण गरिएको आज मात्रै पाँच सय बढी मास्क नलगाने बटुवाहरुलाई मास्क वितरण गरिएको तानसेन नगरपालिकाका संयोजक माधव खनालले जानकारी दिनुभयो । अभियान साेमबारदेखि १२ गते संचालन हुनेछ । नेपाल स्काउट माथागढी गाउँपालिकाका संयोजक शोभा भट्टराइले महामारी जस्ता सबैखाले विपतका बेला स्काउट सदैव अग्रपंक्तिमा रहन तयार रहेको बताउनु भएको छ । बगनासकाली गाउँपालिकाका संयोजक दयाराज न्यौपानले नेपाल स्काउटले बिद्यालयमा स्काउट पु¥याउने अभियानलाई आत्म साथ गदै पाल्पाका बिभिन्न बिद्यालयमा युवा तथा बालबालिकाहरुलाई जिवन उपयोगी शिक्षा प्रदान गदै स्थानिय स्काउटको विकास र बिस्तारकालागि नेपाल स्काउटका स्वीकृति नीति योजना र कार्यक्रम सफल बनाउन लागि पर्ने बताउनुभयो । स्काउटका अनुसार कोरोना संक्रमणबाट बन्च ३ वटा उपाय अवलम्बन गर्न आग्रह गरेको हो । दुरी कायम गर्ने, मास्कको उचित प्रयोग र हातको सरसफाइ गर्नाले कोरोनाको महामारीबाट केही हदसम्म बच्न सकिने नेपाल स्काउटका प्रदेश सदस्य जीवन आचार्यले जानकारी गराउनुभयो । उहाँले अन्य सामाजिक गतिविधि संचालन गर्ने पाल्पाका १० बटै पालिकाहरुसंग संवाद चलिरहेको बताउनु भयो ।
प्रकाशित मिति: सोमबार, असार ७, २०७८  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update