Erani Mahal
तिनाउका किसानलाई फलफूलका विरुवा प्रदान
tin a
पाल्पा - जिल्लाको तिनाउँ गाउँपालिकाले पालिकाका किसानहरुलाई फलफूलका विरुवा वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रम गरी विभिन्न प्रजातिका फलफूलका विरुवा तिवरण गरेको हो । असारमा फलफूल जन्य विरुवा लगाएर आय आर्जनमा वृद्धि गराउने उद्धेश्यले गाउँपालिकाले फलफूलका विरुवा वितरण गरेको अध्यक्ष ओम बहादुर घर्तीले रानीमहललाई बताउनुभयो । घर्तीका अनुसार आँप, लिचि, अंगुर लगायतका फलफूलका विरुवाहरु वितरण गरिएको छ । गाउँपालिकाले कृषि उत्पादन र पशुपालनसँगै तरकारी र फलफूल खेतीमा समेत जोड दिएको अध्यक्ष घर्तीले बताउनुभयो । कार्यक्रममा प्रवक्ता राजेश श्रेष्ठले असारमा बाटो खन्नुभन्दा विरुवा रोप्नु राम्रो भएको बताउनुभयो । उहाँले पालिकाले विभिन्न क्षेत्रमा यस्ता विरुवा वितरण गरेको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असार ७, २०७८  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update