Erani Mahal
पत्रकार बिसीकाे बुवाकाे उपचारका लागि रकम सहयाेग
fnjj
पाल्पा - नेपाल पत्रकार महासंघ पाल्पाका शाखा सदस्य सुवास बिसीका बुवा लोक बहादुर बिसी बिकको उपचारका लागि ७७ हजार ७ सय २९ रूपियाँ सहयाेग गरेकाे छ । बिसीका बुवाकाे दुबै मृर्गौला फेल भइ बुटवलमा उपचाररत रहनुभएको र उहाँको उपचारका लागि आर्थिक अभाव भएपछि पत्रकार महासंघ पाल्पा शाखाले उहाँको उपचारका लागि स्वेच्छिक सहयाेग अभियान चलाएकाे थियाे । उक्त अभियानबाट संकलित रकम साेमबार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले पत्रकार बिसीलाइ हस्तान्तर गर्नुभयाे । उहाँले महासंघको संस्थागत सहयोग ७ हजार र अन्य सदस्यहरुबाट संकलित ३० हजार गरी ३७ हजार रुपैयाँ तथा गुल्मी सेवा समाज दोहा कतारबाट प्राप्त ४० हजार ७ सय २९ रुपैयाँ गरी ७७ हजार ७२९ रूपियाँ पत्रकार बिसीलाइ हस्तान्तरण गर्नुभयाे । अध्यक्ष रानाले पत्रकारकाे दुखमा साथ दिने संघसंस्थालाइ धन्यवाद दिनुहुँदै पत्रकार बिसीकाे बुवाकाे उपचारका लागि सहयाेग गरिएकाे रकम पर्याप्त नभएपनि पीडितकाे उपचारमा सहयाेगी बन्ने विस्वास गर्नुभयाे । गुल्मी सेवा समाज दोहा कतारलाइ गरिएकाे आग्रह स्वीकार गर्दै ४० हजार ७ सय २९ रुपैयाँ सहयाेग प्राप्त भएकाे सचिव यज्ञमूर्ति तिमिल्सिनाले जानकारी दिनुभयाे । लाेकबहादुरकाे उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि समाजलाई अनुरोध गरिएको र गुल्मी सेवा समाजका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार झविन्द्र आचार्यको नेतृत्वमा रकम संकलन भएकाे सचिव तिमिल्सिनाले बताउनुभयो । रकम हस्तान्तरणमा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार गोविन्द भट्टराई, उपाध्यक्ष भरत शर्मा, कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेकाे समेत उपस्थिति रहेकाे थियाे । सोही अवसरमा पत्रकार बिसिले बुवाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै सहयोगी सबै ब्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रकाशित मिति: सोमबार, असार ७, २०७८  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update