Erani Mahal
पाल्पामा थप १ सय ४८ जना कोरोना मुक्त : २४ जना थप
corona_palpa
पाल्पा– पाल्पामा पछिल्लो २४ घण्टामा थप १ सय ४८ जना कोरोना मुक्त भएका छन् । पिसिआर विधिबाट २० जना र एन्टिजेन प्रविधिबाट ४ जना गरी २४ जनामा कोरोना परीक्षणको क्रममा पोजेटिभ आएको हो । भने १ सय ४८ जना काेराेना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पाका आज १ सय ४८ जना ७२ महिला र ७६ जना पुरुषले कोरोना संक्रमण मुक्त भएका छन् । पाल्पामा कोरोनाबाट थप एक जनाको निधन भएको छ यससँगै कोरोनाबाट निधन हुनेको संख्या १ सय ३ पुगेको छ । तानसेनका १०, रिब्दीकोटका १, रैनादेवी छहराका ७, पूर्वखोलाका १, रामपुरका ५ जनामा कोरोना देखिएको हो । पाल्पामा यससँगै कोरोना संक्रमित हुनेको संख्या ६ हजार ७ सय २५ पुगेको छ । निको हुनेको संख्या ६२७० पुगेको छ । भने ३ सय ५२ जना सक्रिय संक्रमित रहेको छन् ।
प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update