Erani Mahal
रैनादेवी छहराको नीति कार्यक्रम : कोभिड राेकथाम र कृषि प्राथमिकता
rai
पाल्पा– पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आफ्नो नवौं गाउँसभा मार्फत नीति तथा कार्यक्रम पेश गरेको छ । आजदेखि सुरु भएको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चेतकुमारी थापाले आर्थिक वर्ष २०७८।०७९ को लागि नीति कार्यक्रम पेश गर्नुभएको हो । नीति कार्यक्रममा गाउँपालिकाले कोभिड नियन्त्रण, शिक्षा स्वास्थ्य, पर्यटन र कृषि, पशुपालनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले गाउँमा कोरोनाको नियन्त्रणसँगै आर्थिक विकासको लागि शिक्षा, स्वास्थ्य, कृषि पशुपालनको माध्यमबाट रैनादेवी छहराको वृहत्तर विकासमा सहयोग गर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको गाउँसभामा विनियोजन विधेक समेत पेश गरिनेछ । पालिको आगामि वर्षमा विश्व महामारीको रुपमा रहेको कोभिड नियन्त्रण र पशुपालन, कृषि पेशालाई थप प्रभावकारी बनाउने गरी योजना बनाइएको बताउनुभयो । उहाँले सोही अनुसार गाउँसभामा बजेट समेत पेश हुनेछ । गाउँसभामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सांसद, पूर्व सांसद, विषयगत समितिका सदस्यहरु, जनप्रतिनिधि, सरोकारवाला पत्रकार लगायतको सहभागिता रहको छ ।
प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update