Erani Mahal
रिब्दीकाेट खस्याैलीका किसानलाइ लैनाे भैंसी वितरण
Bhaisir-
पाल्पा- जिल्लाकाे रिब्दीकोट गाउँपालिका–३ खस्यौलीका किसानलाई लैनो भैसी वितरण गरिएको छ । पाँचजना किसानलाई लैनो भैंसी र पाँचजनालाई पाडी वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद खनालले जानकारी दिनुभयाे । मुर्रा र हरियाणा जातका भैंसी र पाडी वितरण गरिएको खनालले बताउनुभयाे । वडाको ३० हजार रुपैयाँ अनुदानमा वितरण गरिएको हो । किसानले यी भैंसी कम्तीमा तीन वर्ष आफ्नै गोठमा पाल्नु पर्ने छ। वितरण गरिएका भैसीले दैनिक कम्तीमा आठ लिटर दुध दिन्छ । गाउँपालिकाले दुध र तरकारीमा आत्म निर्भर बनाउने याेजनाकाे साथमा खस्याैलीमा भैंसी वितरण गरिएकाे गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update