Erani Mahal
पाल्पामा ५३ जना घर फिर्ता हुँदा ९ जना थपिए काेराेनाका विरामी
corona11
पाल्पा – पाल्पामा आइतवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआरबाट २ र एनटिजीन परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पछिल्लाे समयमा पाल्पामा पसिआर परीक्षण न्यून भएकाे छ । आइतवार रामपुर ४ रिब्दीकाेट र तानसेन नपा तथा अस्पतालका २ / २ गरी ४ महिला र ५ जना पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । आइतवार ५३ जना संक्रमित निको भएका छन् । उनीहरु मध्ये २० महिला र ३२ पुरुष रहेका छन् । उहाँका अनुसार पाल्पामा हालसम्म ४३० जना होम आइसोलेसनमा रहेका छन् भने ४७ जना अस्पतालमा उपचाररत छन् । यसैबीच पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ । आइतवार एक जना पुरुषकाे निधन भएकाे कार्यालयले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update