Erani Mahal
रामपुर बजार चोकमा सेनिटाइजर स्ट्याण्ड
201638767_524164582264350_2062319151586588397_n
पाल्पा - कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै कालीगण्डकी फाउण्डेशन नेपालले रामपुरको बजार चोकमा सेनीटाइजर स्ट्याण्ड राखेको छ । जिल्ला प्रशासनको निषेधाज्ञामा पछिल्लो समय सामान्यतया व्यापार व्यबसाय खुला हुँदै जान थालेपछी बजारमा हुने चहलपहललाई मध्यनजर गर्दै फाउण्डेशनले बजार चोकमा खुट्टाले थिचेर निस्कने सेनिटाइजर स्ट्याण्ड राखेको हो । इलाका प्रहरी कार्यालय रामपुरको सेवा रहेको बजार चोक प्रहरी बिटको छेउमा प्रहरीको रेखदेखमा रहने गरि स्ट्याण्ड राखिएको हो । कालीगण्डकी फाउण्डेशन नेपालले सोही अबसरमा बजार चोकमा गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरलाई स्वास्थ्य सामाग्री पनि प्रदान गरेको छ । सस्थाका अध्यक्ष निलकठ्ठ भण्डारी, उपाध्यक्ष पबित्रा ढकाल पौडेलले इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरीक्षक जंग बहादुर श्रेष्ठलाई फेस सिल्ड, गोल्ब, मास्क सहित रहेको ६ थान पिपिई सेट, ३०० थान मास्क प्रदान गर्नुभयो । सस्थाले सेनिटाइजर स्ट्याण्डमा रिफिल गर्न ५ लिटर सेनिटाइजर समेत प्रदान गरेको छ । सामान ग्रहण पछि प्रहरी नायव निरीक्षक श्रेष्ठले सस्थाले बजार चोकमा सेनिटाइजर स्ट्याण्ड राखेर राम्रो काम गरेको र बढी व्यापार हुने बजार चोक तिर जो कोही बजार गर्न आउनेलाई सामान, पसलबाट सर्ने कोरोनाको सन्त्रासलाई कम गर्न यो उपयोगी हुने बताउनुभयो । सस्थाका अध्यक्ष निलकठ्ठ भण्डारीले पहिलेको दाजोमा गोजी/ झोलामा सेनिटाइजर बोकेर हिड्नेहरु घटेको बताउदै अब बिस्तारै बजार खुले संगै सेनिटाइजर स्ट्याण्ड बजारमा अत्याबश्यक रहेको बताउनुभयो । उहाँले प्रहरीको सहकार्यमा बिटमा स्ट्यान्ड राखेको बताउदै यसको नियमित संचालन र प्रयोगमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । फाउन्डेशनले जिल्लाका विभिन्न अस्पताल, नगरपालिका र गाउपालिका, नेपाल पत्रकार महासंघ, एम्बुलेन्स चालकलाई गरि ५०० थान पिपिई सेट र ५००० थान मास्क प्रदान गरेको छ ।
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update