Erani Mahal
शनिवार पाल्पामा काेराेना संक्रमित ७८ जना निकाे २१ जना थप
Coronavirus positive
पाल्पा – पाल्पामा शुक्रवार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआरबाट ३ र एनटिजीन परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पछिल्लाे समयमा पाल्पामा पसिआर परीक्षण न्यून भएकाे छ । शनिवार माथागढीका २ रैनादेवीका ६ बगनासकाली ३ रिब्दीकाेटका ४ तानसेन नपा तथा अस्पतालका ४ गरी १० महिला र ११ जना पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । शनिवार ७९ जना संक्रमित निको भएका छन् । उनीहरु मध्ये ३२ महिला र ४६ पुरुष रहेका छन् । उहाँका अनुसार पाल्पामा हालसम्म ५२२ जना होम आइसोलेसनमा रहेका छन् भने ५२ जना अस्पतालमा उपचाररत छन् । यसैबीच पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ । शनिवार एक जना पुरुषकाे निधन भएकाे कार्यालयले जनाएकाे छ ।
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update