Erani Mahal
पाल्पामा माेवाइल चार्ज गर्दा करेन्ट लागेर एक महिलाकाे मृत्यू
mobile_charge
पाल्पा- जिल्लाकाे रिव्दीकाेट गाउँपालिकामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका वडा नं. ३ हिरापोखराकी ३५ वर्षीया नीरा विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मोबाइल चार्ज गर्ने क्रममा बिहान घाईते भएकी विकको तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता रामेश्वर त्वातीले बताउनुभयाे । मोबाइलको पछाडीको भागमा रहेको धातुमा सर्ट हुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । आफ्नै घरमा गित बजाउनको लागी बुफरको तार बिद्युतको बोर्डमा जोडने क्रममा नाङ्गो हातले अचानक तारमा छुन गई करेन्ट लागेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानकाे क्रममा पाइएकाे छ ।
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update