Erani Mahal
तिनाउ नदी किनारमा पुरूषकाे शब फेला
palpa death
पाल्पा - पाल्पाको तिनाउ खोलामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको तिनाउ गाउँपालिका-२, पावर हाउस नजिकै अन्दाजी ३० वर्षको व्यक्ति मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । तिनाउ नदी किनारमा फेला परेकाे शब कसकाे हाे अझै पत्ता नलागेकाे प्रहरीले जनाएकाे छ । केही दिनदेखि तिनाउ नदीकाे बहाब बढेकाले नदी तर्ने क्रममा बगाएकाे हाे वा अन्य कुनै कारणले मृत्यु भएकाे हाे भन्ने अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयाे ।
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update