Erani Mahal
पाल्पा काेराेना अपडेट : ११७ जना घर फिर्ता,  २८ जना थप
corona1
पाल्पा – पाल्पामा शुक्रवार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआरबाट २ र एनटिजीन परीक्षणका क्रममा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पा अस्पतालकाे काेभिड ल्यावमा किट सकिएकाे तथा वर्षातले मानिसहरु अस्पतालसम्म नआएकाेले पनि पसिआर परीक्षण न्यून भएकाे हाे । विहिवार रामपुरका ५, पूर्वखाेला र तानसेनका १/१ तिनाउँका २१ गरी १२ महिला र १६ जना पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । शुक्रवार ११७ जना संक्रमित निको भएका छन् । उनीहरु मध्ये ५६ महिला र ६१ पुरुष रहेका छन् । उहाँका अनुसार पाल्पामा हालसम्म ५८० जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जना अस्पतालमा उपचाररत छन् । यसैबीच पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update