X
120
Shares

माओवादी केन्द्र पाल्पाद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

रानीमहल संवाददाता || ४ असार २०७८,शुक्रबार ०९:३८

पाल्पा- पाल्पा अस्पताल र निलसागर सेवा आश्रम तानसेनलाई नेकपा माओवादी केन्द्र पाल्पाले काेराेना महामारीबाट जाेगाउन सहयाेग पुर्याउने उद्देश्यले स्वास्थ्य सुरक्षा सामग्री दिएको छ ।

जिल्लामा कोरोना संक्रमणको अवस्था कायमै रहेकाले पाल्पा अस्पतालमा संक्रमित विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र निलसागर आश्रममा रहेका वृद्धवृद्धाहरुको सुरक्षाका लागि माओवादी केन्द्र पाल्पाले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

केन्द्रले पाल्पा अस्पताललाई एन्टीजेन २५ थान,अक्सिजन सिलिन्डर एक थान, अक्सिमिटर ८ थान,पिपिइ ५ सेट र एन.नाइटी फाइभ मास्क ५ सय थान सहयोग गरेको हो । यस्तै निलसागर सेवा आश्रमलाई २५ थान एन्टीजेन,एक थान थर्मल गन,१ थान अक्सोमिटर,८० पिस एन.नाइटी फाइभ मास्क र एक थान अक्सिजन सिलन्डर हस्तान्त्रण गरेको जनाएको छ ।

केन्द्रले पाल्पा अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेलाई एक औपचारिक कार्यक्रमका बिच स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । सामग्री ग्रहण गर्दै अस्पतालका अध्यक्ष पाण्डेले महामारीका बेलामा माओवादी केन्द्रले देखाएको सहयोग र सद्भाव अत्यन्त प्रसंशनिय रहेको बताउनुभयाे । उहाँले यति बेला स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउने र आम नागरिकलाई संक्रमणबाट बचाउने दायित्व सरकार, राजनितिक दल, सरकारी गैरसकारी संघसंस्थाहरुको पनि रहेको बताउनुभयाे ।

यस्तै माओवादी केन्द्रले निलसागरमा रहेका वृद्धवृद्धाहरुका लागिका पनि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला सचिव राजेन्द्र विश्वकर्मा, जिल्ला सदस्यहरु नवराज बस्याल, मथुरा ढकाल,नगर सह इन्चार्ज प्रतिक्षा सिंजाली, नगर सचिव नारायण कार्की लगायतको टोलीले निलसार केन्द्रका प्रतिनिधिलाई कार्यालयमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys