Erani Mahal
पाल्पामा चारदिने वर्षातसँगै ठाउँठाउँमा पहिरो, एक जनाको मृत्यू  !
ridi jal 2
पाल्पा - चारदिनदेखि परेको वर्षातसँगै पाल्पाका विभिन्न स्थानमा प्रभावित भएको छ । पाल्पाका १० स्थानीय तहमै वर्षातले असर गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । पहिरोले एकजनाको निधन असार १ गते रिब्दीकोट गाउँपालिका ४ मन्छिप बस्ने महेन्द्र भट्टराई क्षेत्रीको घर माथीबाट पहिरो खस्न गई घर पुरिदा महेन्द्र भट्टराई क्षेत्रीको छोरा बर्ष १९ को मदन भट्टराईको निधन भएको छ । यस्तै १ गतेनै रैनादेवी छहरा गाउँपालिका ५ बासडाँडा बस्ने राम बहादुर पुनको गोठ माथिबाट पहिरो खस्न गई गोठ पुरिदा राम बहादुर पुन सामान्य घाईते भएको र गोठमा रहेको २ वटा भैंसी समेत मृत्यू भएको प्रहरीले जनाएको छ । रिब्दिकोट गाउँपालिका ३ ओखरबोट बस्ने सुन्तली सुनारको घर माथिबाट पहिरो खस्न गई घर पुणर् रुपमा क्षती भएको मानविय क्षती नभएको प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिनुभयो । पाँच घर विस्थापित जिल्ला पाल्पा तानसेन न.पा. १४ ऋषिकेष मन्दीर परिसरमा रहेको खिम प्रसाद गौतम, टेक बहादुर थापा, बसन्त खाम्चा र आशिस जोसिको जस्ताले बनाएको पुजा सामाग्री बिक्री गर्ने तथा चिया पसल गर्ने अस्थाइ टहरा समेत बाढीले क्षति पुर्याएको छ । रिडीमा नै निर्माणाधिन अबस्थामा रहेको पाल्पा गुल्मी र स्याङ्जा जोड्ने पुलमा काम गर्ने मजदुरहरु बस्ने अस्थाई टहरा, पुलको सामग्रीहरु अबिरल बर्षाको कारण कालीगण्डकी र रीडी खोलामा बाढी आई दुबानमा परेको मानबिय तथा चौपाय क्षती भने भएको छैन । यस्तै असार २ गते निस्दी गाउँपालिका १ पुर्मलाङ बस्ने प्रतिमान आलेको कच्चि गोठमा अबिरल बर्षाको कारण पानी पसी गोठ भत्किन जादा गोठमा रहेको १ भैंसीको मृत्यू भएको र १ वटा भैंसी घाईते भएको प्रहरीले जनाएको छ । ग्रामीण सडक र राजमार्ग अवरुद्ध अविरल वर्षातका कारण जिल्लाका ग्रामीण सडकहरुमा क्षति पुगेको छ । यस्तै सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग तीन दिन अवरुद्ध हुन पुगेको थियो । यस्तैगरी बाढीले गाउँका खेतवारी, सडकहरुमा समेत क्षति पुगेको छ । क्षतिकाे विवरण संकलन हुँदै जिल्लाका विभिन्न स्थानमा बाढी पहिराेले पुर्याएकाे क्षतिकाे विवरण सम्बन्धित वडा कार्यालयहरुमा संकलन भइरहेकाे विपद् व्यवस्थापन समितिले जनाएकाे छ । त्यशपश्चात मात्रै एकिन क्षति विवरण प्राप्त हुनेछ । विपद् व्यवस्थापन र उद्धारकाे लागि तयारी अवस्थामा रहन समितिले सबै पालिका र सराेकारवालालाइ अनुराेध समेत गरेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update