Erani Mahal
पाल्पामा विहिवार १४ जना  काेराेना संक्रमित थपिए ५३ जना निकाे
corona-gg
पाल्पा – पाल्पामा बुधबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआरबाट १ र एनटिजीन परीक्षणका क्रममा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पा अस्पतालकाे काेभिड ल्यावमा किट सकिएकाे तथा वर्षातले मानिसहरु अस्पतालसम्म नआएकाेले पनि पसिआर परीक्षण न्यून भएकाे हाे । विहिवार रामपुरका ११, रिब्दीकाेट १, पूर्वखाेला र रैनादेवीका १/१ गरी ५ महिला र ९ जना पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । विहिबार ५३ जना संक्रमित निको भएका छन् । उनीहरु मध्ये २० महिला र ३३ पुरुष रहेका छन् । उहाँका अनुसार पाल्पामा हालसम्म ६१४ जना होम आइसोलेसनमा रहेका छन् भने ५५ जना अस्पतालमा उपचाररत छन् । यसैबीच पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update