Erani Mahal
तीनदिनदेखि अबरुद्ध पाल्पा बुटवल सडक एकतर्फी सुचारु
pahiro (2)
पाल्पा- तीनदिनदेखि परेके पानीसँगै गएको पहिरोले बन्द पाल्पा बुटवल सडक खण्ड एकतर्फी रुपमा सुचारु भएको छ । तीन दिनदेखि पाल्पा तानसेन ८ जरेपिपल,गौडेपुल स्थित सिद्दार्थ राजमार्गमा अबिरल बर्षाको कारण सडक देखी माथीबाट पहिरो खसी पुर्ण रुपमा बाटो अबरोध भएको थियो । प्रहरी र सडक डिभिजन कार्यालय संग समन्वयमा सडक एकतर्फी खुलेको प्रहरीले जनाएको छ । दिउँसाे पाैने तीनबजेदेखि सुचारु भएकाे हाे । सडक अबरुद्ध भएसँगै राजमार्गमा सयाै सवारीहरु अलपत्र रहेका थिए । पानीसँगै परेकाे पहिराेले गाैडेपुल नजिक पहिराेसँगै ५० मिटर जति सडक नै बगाएकाे थियाे । यस्तै सिद्धबाबा कालीमाटी लगाएतका क्षेत्रमा समेत पहिराे खसेकाे थियाे ।
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update