Erani Mahal
पाल्पामा थप ३७ जनामा काेराेना संक्रमण : पिसिआर परीक्षण शुन्य !
Corona_
पाल्पा – पाल्पामा बुधबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एनटिजीन परीक्षणका क्रममा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कुधवार पिसिआर परीक्षण भने शुन्य भएकाे स्वास्थयले जनाएकाे छ । पाल्पा अस्पतालकाे काेभिड ल्यावमा किट सकिएकाे तथा वर्षातले मानिसहरु अस्पतालसम्म नआएकाेले पनि पसिआर परीक्षण ० भएकाे हाे । बुधवार रामपुरका ११, रम्भा १, बगनासकालीका ८, तिनाउँका १७ जना गरी १६ महिला र २१ जना पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । मंगलबार २९ जना संक्रमित निको भएका छन् । उनीहरु मध्ये १४ महिला र १५ पुरुष रहेका छन् । उहाँका अनुसार पाल्पामा हालसम्म ७०८ जना होम आइसोलेसनमा रहेका छन् भने ४७ जना अस्पतालमा उपचाररत छन् । यसैबीच पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय पुगेको छ ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update