Erani Mahal
रामपुर नगरपालिकामा काेभिड खोपमा अनियमितता : खोप लगाएकाको तथ्यांक छैन
bb
पाल्पा - काेराेना संक्रमण बिरुद्धको खोपमा अनियमितताको आरोप लागेको पाल्पाको रामपुर नगरपालिकाले खोप बारे पत्रकार सम्मेलनको आयोजना गरेपनि यथार्थ डाटा दिन सकेको छैन । गत जेठ २५ र २६ मा सरकारले देशभरि खोप अभियान चलाएका बखत रामपुरमा ४ दिन सम्म खोप लगाइएको थियो । सोही समय रामपुरमा लक्षित समूह भन्दा बाहिर खोप लगाएको भन्दै सर्वत्र बिरोध हुदै आएको थियो । नेकपा एमाले रामपुरले सोमबार खोपको अनियमितता बारे छानबिन गरि दोषि उपर कारबाहीको माग गर्दै बिज्ञप्ति निकालेपछि नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा केही वडामा २५ गतेको खोपबाटै अनियमित भएको स्वीकारेपनि १ हप्ता बितिसकेको खोपको तथ्यांक वडाबाट नगरमा अझै नआएकोले बताउन नसकिएको जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नगरमा ५ सय ५२ भाइल खोप आएको र त्यो लगाइएको बताउनुभयो । अन्य खोपबारे आफुलाई जानकारी नभएको बताउदै नगरप्रमुख थापाले हरेक नागरिकलाई खोप दिने सोचमा नगरपालिका रहेको र २ दिनको नियमित खोप पछि पनि छुटेकालाई तेस्रो दिन खोप दिने सल्लाहमा लगाइएको उल्लेख गर्नुभयो । जिल्लाले अनुमती दिएर बाकी खोप फिर्ता नगर्ने भनेर लगाइएको हो । मौकामा खोप लगाउन खोजेर लगाउनेहरु प्रति लक्ष्यित गर्दै उहाँले भन्नुभयो- "आफैले लगाउनुभयो आफैले बिरोध गर्नु हुन्थेन" । प्रेस बिज्ञप्ति निकालिएको छ बाहिर हल्ला गराउनु नगरपालिकामाथिको प्रहार हो थापाले भन्नुभयो । बाहिर आएका बिषय प्रति अनुसन्धान गर्न प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारी दिएको बताउदै उहाँले दिर्घरोगीका लागि बचेको खोप लगाइएकोमा केही प्रहरी, स्वास्थ्यकर्मी, मजदुर सहितले लगाएको बताउनुभयो । रामपुर नगरपालिकाजा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले खोपमा त्रुटि भएको बताउनुभयो । अनियमितताको कुरा आउनु जायज हो । बाहिर नागरिकले भनेजस्तै स्वाश्थ्यकर्मी, जनप्रतिनिधीले फोनमार्फत आफ्ना नागरिकलाई बोलाएर लक्षित समूह बाहेकका नागरिकलाई खोप लाएर गल्ति गरेको बताउनुभयो । उहाँले बाकी खोप नै लगाउने भएपछि सुचना निकालेर नागरिकलाई बोलाउनुपथ्र्यो त्यो हुन सकेन । अधिकृत नागिलाले खोपमा भएको अनियमिताबारे छानविन गरेर गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभयो । स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गिरिराज घिमिरेले जेठ २५ गतेदेखि २७ सम्म खोप लगाउने बिषयमा मात्र बोल्नुभयो । उहाले २५ गते वडा नम्बर ३ मा उमेर नपुगेका नेकपा एमालेका नेताहरुले खोप लगाएको नाम सार्वजनिक गर्दै सर्वत्र नागरिकले अपेक्षा गरेको २८ गते लगाइएको खोपका बिषयमा भने स्पष्ट पार्न चाहानुभएन । पटक-पटक पत्रकारले २८ गतेको खोपमा बढी बिबाद आएको बताउदै जिज्ञासा राखेपनि त्यो दिन लगाइएको १ सय ७० भाइल खोपमा ३ प्रहरी, १५ स्वास्थ्यकर्मी, ६२-६४ उमेर समुहका ९ र केही मजदुर बाहेक अन्यको तथ्यांक आउन सकेन । २७ गते बाकी भएको ८५ भाइल खोप लगाउने क्रममा बढेको भिडभाड थेग्न नसकेपछि आफू बाहिर निस्केको उल्लेख गर्दै उहाँले अरु खोप बारे आफू अनबिज्ञ रहेको उल्लेख गर्नुभयो । खोप सकिएर भिड मथ्थर होला भनेको धेरै खोप लगाइरहेको आफुले जानकारी पाएको बताउनुभयो । बरु रामपुर अस्पतालमा केही खोप पहिले नै लिएर आफन्तलाई लगाएको बताउदै थप खोपको बारे अस्पतालले कहाँबाट ल्यायो त्यो आफुलाई जानकारी नभएको जानकारी दिनुभयो। तर घिमिरेले जिल्लामा पठाएको रिपोर्टमा नगरपालिकामा ६ सय ३७ जनाले खोप लगाएको तथ्यांक छ । रामपुरमा ५ सय ५२ खोप आएकोमा २५ र २६ गते ४०७ जनाले २७ गते छुटपुट भएका ६० जनाले लगाएको तथ्यांक छ । कुल भाइल मध्य ८५ भाइल खोप रहेर जिल्ला फिर्ता गर्नुपर्ने खोप पुर्व सुचना बेगर नै बिहानको समयमा लगाइएको हो । ८५ मात्र खोप लगाउनुपर्नेमा सो दिन १ सय ७० खोप लगाइयो । राजनितिक र पहुचका आधारमा आफ्नालाई लगाइएको आरोप लागेको सो दिन निस्दी गाउपालिकाले लगाएर जिल्ला पठाउन फिर्ता गरेर अस्पतालमा स्टोर गरेको १ सय ४ खोप मध्य थप ८५ खोप लगाएको पाइएको हो । भिडभाडमा युवा बर्गले बढी लगाएको गुनासो पछि लाइनमा बसेकाहरु बिच नै खोप स्थगित भएको थियो । नगरपालिकाले पत्रकार सम्मेलनमा राजनितिक आस्थाका रुपमा भन्दा पनि बाकी खोप एमाले काङ्ग्रेसका अगुवाहरुले लगाएको बताउदै एमालेका दर्जन बढीका खोप लगाउनेहरुको मात्र नाम सार्वजनिक गरेको थियो । २८ गतेको खोप कार्यक्रमको तथ्यांकलाई ढाक्दै वडामा २५ गते नै र रामपुर अस्पतालका संचालक सहित स्वास्थ्यकर्मीका आमाबुवा, साला ज्वाइँ सहितका नजिकका नातागोताको नाम सहित केही खोपको दुरुपयोग अस्पतालबाट भएको आरोप लगाइएको थियो । अस्पतालका मेसु डा. बिजय परियारले व्यबस्थापनमा ख्याल नगरि खोप चलाउदा अन्तिम दिन समस्या आएको बताउनुभयो । उहाँले खोप समयमा ड्युटीमा नरहेका स्वास्थ्यकर्मी सहित दिर्घरोगीका लागि सो खोप लगाएको बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update