Erani Mahal
घरमा बाढी पसेपछि रिडीमा ६ घर विस्थापित, गुल्मी तर्फ १० घर जाेखिम
ridi jal 2
चुरामणी तिमिल्सेना रिडी । चारदिनदेखिकाे लगातार अबिरल बर्साले तानसेन नगरपालिका १४ मा ६ घर बिस्थापित भएका छन् । रिडीखाेला किनारामा बसाेवास गर्ने ६ घरमा बाढी पसेपछि विस्थापित हुनुपरेकाे वडा अध्यक्ष कमल रानाले जानन्कारी दिनुभयो । अर्गली गाविसकाे साबिक वडा ९ मन्दिर परिसरका ४ घर र कुसेनीका २ घर बिस्थापित भएका हुन । अहिले यो समाचार तयार पार्दा सम्म केही पानीको सतह घटेको छ ।यस्तै सोही वडाको पसुसेवा कार्यलय लाइ पहिरोलो तान्न खोजिरहेको र अन्य साविकका वडाहरुमा पनि क्षति भएको अध्यक्ष रानाले रानीमहललाइ बताउनु भयो । यता गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीको बसपार्क देखिमाथि रहेको रिडी खर्ज्याङ सडक खण्डका १० घर जोखिम रहेको स्थानीय सोभित थापाले जानकारी दिनु भयो । यहाँ खोलाले घर तानिरहेको र अर्कोतिर घर माथिबाट सानो सानो पहिरो खसेको कारणले दुर्घटना हुनु नदिन केही समयको लागि उहाँको सम्पुर्ण सामान सारिएको उद्रारमा खटिनु भएका नबराज बिकले जान्कारी दिनुभयो । नेपाल सरकारका गौरबका आयोजना लामोसमय देखि सन्चालन भएका तिन मुखे पुल, कालीगण्डकी करिडोर, रिडीखोलातथा कालीगण्डकी तट्बन्धन , पुल्क्याप देखि स्याङ्जा जोड्नेपक्कि पुलका लागि राखियका सामाग्री हरु समेत बगायको पुरिएको हुनाले क्षति कति भयो भन्ने अहिले नै एकिन गर्न नसकियको पुल लागि सहजकर्ताको भुमिकामा खटिनु भएका करण बर्माले बताउनु भयो । बर्माले आफ्ना ज्यामिहरु बस्दै आयका घर टहराहरु पनि बाडिले बगायको हुनाले पानी पछी पनि पुल्को काममा ढिलाई हुन सक्ने जान्कारि दिनुभयो यस सङम्म रहनुभका सम्पुर्ण बासिन्दाहरुलाइ बाडि तथा पहिरो जुन बेला पनि आउन सक्ने भएकोले चर्कियका घर, खोलानाला नजिकका घर गोठ्मा बस्न तथा यस ठाउमा नजान आफुले सामाजिक सन्जाल तथा वडा सदस्य मार्फत आग्रह गरिएको वडा न १ रिडीका वडा अध्यक्ष रामलाल बिकले जान्कारि दिनुभयो ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update