Erani Mahal
बाढीले रिडी जलमग्न : ऋषिकेश मन्दिरसम्म जल (फाेटाे फिचर)
ridida
चुरामणि तिमिल्सिना रिडी – तीनदेखि लगातार परिरहेकाे पानीका कारण रुरु क्षेत्र धाम रिडीमा पानीको सतह बढीरहेको छ । जसका कारण रिडी क्षेत्र जलमग्न बनेकाे छ । कालीगण्डकी नदी र रिडी खोला बढेपछी आफुहरुलाइ समस्या भएको स्थानीय खिम प्रसाद गौतमले बताउनु भयो । उहाँका अनुसार शव जलाउने स्थान समेत पानीले पुरिएकाे छ । ऋषिकेशव मन्दिकाे १४ नम्बर सिंडिसम्म पानीले ढाकेकाे छ । उहाका अनुसार यहाँको बगर सम्पुर्ण जलमय भएकाे छ । नदी किनाराकाे रुख र टहराहरु समेत डुबाएकाे छ । यस्तै ऋषिकेश मन्दिर तर्फका टहराहरु समेत पानीले डुवाएकाे छ । पानीका कारण यता निरन्तर रुपमा तीब्र गतिमा काम भैइरहेको तिन मुखे पुलको काम समेत सम्पुर्ण रुपमा प्रभावित भएको निर्माण व्यवसायी करण बर्माले बताउनुभएको छ । यस बगरमा गौतम मात्र हैन टेक बहादुर थापा ,बसन्त खाम्चाको पनि पानीले गर्दा घर जोखिम हुनुका साथै सामान सार्ने बाध्यता भएको बताउनु भयो । यस्तै केही घन्टा अझै कालीगण्डकी नदीमा पानीको बहाव बढ्ने हो भने लामो चौपारीआसपासमा पनि क्षति हुने रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो । उहाँले पानी अझै बढ्न सक्ने भएकोले होटल व्यवसायी गर्नेहरुलाइ बगरबाट टाढै रहन र जाल हानेर माछा मार्न समेत नजान आग्रह गर्नुका साथै आफ्नो वडा भित्र कुनै पनि सडक घर बस्ति तथा सामाजिक सम्पदामा क्षति भएमा आफुलाइ तत्काल नै खबर गर्न आग्रह गर्नुभएको छ । पानीको बहाव बढ्ने भन्दै स्थानीयलाइ सजग रहन वडा अध्यक्ष विकले आग्रह गर्नुभयो । सबै तस्विर चुरामणी तिमिल्सेना / रानीमहल
प्रकाशित मिति: बुधबार, असार २, २०७८  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update