Erani Mahal
अविरल वर्षासँगै गएकाे पहिरोले पाल्पामा सिद्धार्थ राजमार्ग सँगै ग्रामीण सडक अबरुद्ध
196694320_3976250032485855_2444633807170493280_n
पाल्पा - अविरल वर्षातसँगै पाल्पका विभिन्न स्थानमा सडकहरु अबरुद्ध भएका छन् । पाल्पा बुटवल सडक खण्डको सिद्धार्थ राजमार्ग, तानसेन तम्घास सडक खण्ड, आर्यभन्ज्यांग रामपुर सडक, तानसेन रानीमहल सडक लगायतका सडकहरु वर्षातसँगै झरेको पहिरोको कारण अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तीनदिन देखि परेको वर्षातका कारण समेत सडक खुलाउनको लागि समस्या भइरहेको प्रहरीले जनाएको छ । डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिबु खत्रीका अनुसार सिद्धार्थ राजमार्गको गौडेपुल, पानीमिल, सिद्धबाबा लगायतका क्षेत्रमा लगातार पहिरो झरिरहेको छ । सडक डिभिजन बुटवल र पाल्पाको समन्वयमा सडक खुलाउने प्रयास जारी रहेको छ । ग्रामीण सडकहरु सबै अवरुद्ध पाल्पाका सबै जसो ग्रामिण सडकहरु पहिरोका कारण अवरुद्ध भएका छन् । जिल्लाका विभिन्न गाउँ गाउँसम्म पुग्ने ग्रामीण सडकहरु माथिबाट झरेको पहिरो, ढुंगाका कारण अवरुद्ध भएका हुन् । स्थानीय तह, प्रहरी, सडक डिभिजन, सेना, शसस्त्र लगायतको समन्वयमा सडक खुलाउने प्रयास भने जारी रहेको प्रहरीको भनाई छ । वर्षातसुरु भएको र अधिकांश स्थानमा पहिरो झर्ने भएकाले सकेसम्म घरबाट यात्रा नगर्न र यात्रा गर्नुपरेमा प्रहरीलाई बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई पाल्पिा प्रशासन र प्रहरीले आग्रह समेत गरेको छ । तस्विर सडक डिभिजन सूचना अधिकारी शिवु खत्रीकाे सहयाेगमा ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update