X
6440
Shares

पाल्पामा पहिराेले पुरिएर एक जना युवककाे मृत्यु

रानीमहल संवाददाता || १ असार २०७८,मंगलवार २१:३१

पाल्पा – दुई दिनदेखि परेको अबिरल वर्षाका कारण घर भत्किदा पाल्पाको रिब्दीकोट–४, का एक जना युवकको ज्यान गएको छ । अबिरल वर्षाले मंगलबार बेलुकी ७ बजेतिर घरमाथिबाट आएको पहिरोले पुरिदा रिब्दीकोट गाउँपालिका–४, मन्छिपका १९ वर्षिय मदन भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको घरमाथिबाट बेलुकी ७ बजेतिर आएको पहिरोले पुरिएर छोरा मदन भट्टराई गम्भीर घाइते हुनुभएको थियो ।

पहिरोले पुरिएका मदनलाई उद्दार गरी उपचारका लागि पाल्पा अस्पताल ल्याएपनि उनको मृत्यु भईसकेको चिकित्सकले घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले घटनाका बारेमा थप अनुसन्धान भईरहेको जानकारी दिनुभयाे ।

अबिरल वर्षाले जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याएपनि अझैँ विवरण आउन बाँकी छ । जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका घटना घट्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys