Erani Mahal
पाल्पामा ३७ जना काेराेना संक्रमित थपिए, ५५ जना निकाे
corona-gg
पाल्पा – पाल्पामा मंगलबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका क्रममा १८ जना र एनटिजीन परीक्षणका क्रममा १९ जना गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । मंगलबार रामपुरका २, माथागढीका १, पूर्वखोलाका २, रैनादेवी छहराका १, तिनाउका १२, बगनासकालीका ५, तानसेनका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । मंगलबार ५५ जना संक्रमित निको भएका छन् । उहाँका अनुसार पाल्पामा हालसम्म ७०० जना होम आइसोलेसनमा रहेका छन् भने ५३ जना अस्पतालमा उपचाररत छन् । यसैबीच पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update