X
440
Shares

लगातारको वर्षासँगै रुरु क्षेत्रमा पानीको बहाव उच्च : सतर्क रहन आग्रह !

रानीमहल संवाददाता || १ असार २०७८,मंगलवार १२:१५

चुरामणि तिमिल्सिना रिडी – दुइदिनदेखि लगातार परिरहेकाे पानीका कारण रुरु क्षेत्र धाम रिडीमा पानीको सतह बढीरहेको छ । कालीगण्डकी नदी र रिडी खोला बढेपछी आफुहरुलाइ समस्या भएको स्थानिय खिम प्रसाद गौतमले बताउनु भयो ।

उहाले रातभरिको पानी अझै अर्घाखाँचीबाट आउन बाँकी हुँदा अहिलै नै यो अबस्था छ त्यो पानी यहाँ आइपुग्दा यहाँको बगर सम्पुर्ण जलमय हुने बताउनु भयो । यता निरन्तर रुपमा तीब्र गतिमा काम भैइरहेको तिन मुखे पुलको काम समेत सम्पुर्ण रुपमा प्रभावित भएको निर्माण व्यवसायी करण बर्माले बताउनुभएको छ ।

यस बगरमा गौतम मात्र हैन टेक बहादुर थापा ,बसन्त खाम्चाको पनि पानीले गर्दा घर जोखिम हुनुका साथै सामान सार्ने बाध्यता भएको बताउनु भयो ।यस्तै केही घन्टा अझै कालीगण्डकी नदीमा पानीको बहाव बढ्ने हो भने लामो चौपारीआसपासमा पनि क्षति हुने रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो ।

उहाँले पानी अझै बढ्न सक्ने भएकोले होटल व्यवसायी गर्नेहरुलाइ बगरबाट टाढै रहन र जाल हानेर माछा मार्न समेत नजान आग्रह गर्नुका साथै आफ्नो वडा भित्र कुनै पनि सडक घर बस्ति तथा सामाजिक सम्पदामा क्षति भएमा आफुलाइ तत्काल नै खबर गर्न आग्रह गर्नुभएको छ ।

पानीको बहाव बढ्ने भन्दै स्थानीयलाइ सजग रहन वडा अध्यक्ष विकले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys