Erani Mahal
पाल्पामा निषेधाज्ञामा सहकारी खोल्न दिन माग
Press bigyapti sahakari sang
पाल्पा- जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पाल्पाले महामारीका बेला महत्वपूणर् निकाय (जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र) पाल्पाका निणर्यहरुमा सहकारी क्षेत्रलाई नसमेटिएकोमा सिंगो पाल्पाली सहकारी अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष जगदीश भट्टराई र सचिव धनबहादुर रायमाझीको संयुक्त हस्ताक्षर गरी निकालिएको विज्ञप्तीमा, सहकारी अभियानले नगर तथा ग्रामिण क्षेत्रका सदस्यहरुको आर्थिक, सामाजिक क्षेत्रमा गर्दै आएको योगदान प्रतिवेवास्ता गरिएको कुरा उल्लेख गरिएको छ । सोमबार प्रकाशित विज्ञप्तिमा, आर्थिक वर्ष सकिनै लाग्दा लगानी र असुली तथा राजस्व भूक्तानी र अन्य आन्तरिक आर्थिक क्रियाकलापमा समेत अत्यान्तै गम्भीर समस्या उत्पन्न भई रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुलाई निश्चित समय खोलेर कारोबार गर्ने अनुमति दिए जस्तै सहकारी संस्थाहरुलाई पनि सोही अनुरुप कारोबार गर्ने वातावरण मिलाई दिने बारे कोभिड संकट व्यवस्थापन केन्द्र र सम्बन्धित सबै सरोकारवाला निकायहरुसंग माग गरिएको छ । कोभिड महामारीको दोस्रो लहरले गर्दा अरु क्षेत्र जस्तै समग्र सहकारी क्षेत्रलाई परेको असहज परिस्थितिले सिंगो सहकारी क्षेत्र अहिले प्रभावित भएता पनि सरोकारवालको ध्यान नगएकोमा दुःख व्यक्त गर्दै, कोभिड खोप लगाउँने सुविधाका विषयमा समेत सहकारी क्षेत्रलाई अन्य क्षेत्र सरह सुविधा उपलब्ध गराउन माग गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update