Erani Mahal
पानी परेपछि रोपाइँमा व्यस्त किसान
ropai2
पाल्पा – पाल्पाका किसानलाई रोपाई गर्न भ्याईनभ्याई भएको छ । जेठ महिनाको दोस्रो सातादेखि नै पानी पर्न थालेपछि पाल्पाका किसानलाई धान रोप्न भ्याइनभ्याई भएको हो । जिल्लाको रामपुर, माडी, अर्गली फाँटहरुमा रोपाईँ सुरु भएको हो । धान रोप्न पर्याप्त पानी परेकाले रोपाईँ सुरु भएको पाल्पास्थित माडी फाँटका किसानको भनाई छ । पाल्पामा नौँ हजार हेक्टर भूभागमा धान खेती हुँदै आएको छ । धान खेती गर्न पर्याप्त पानी पुगेका कारण माडीफाँट जेठको अन्तिम सातादेखि नै रोपाईँ सुरु भएको हो । कोरोना महामारी भएपनि आवश्यक स्वास्थ्य सजगता अपनाउँदै रोपाईँ थालेको किसान बताउँछन् । कोरोना महामारी भएपनि रोपाईँ रोक्न सक्ने अवस्था नभएकाले अहिले किसानलाई धान खेतीतर्फ भ्याइनभ्याई रहेको उनीहरू बताउँछन् ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update