Erani Mahal
६५ वर्षीया बृद्धालाई जबर्जस्ती गरेकाे अभियाेगमा रामपुरबाट युवक पक्राउ
pakrau
पाल्पा – ६५ वर्षकी बृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । जिल्लाको रामपुर नगरपालिका बस्ने ३५ वर्षका नारायण मल्लले सोही स्थानकी ६५ वर्षकी बृद्धालाई जबर्जस्ती करण गरेको आरोपमा मल्ललाई प्रहरीले पक्राउ गरेको हो । गत जेठ २८ गते साँझ ७ बजे ती बृद्धमाथि मल्लले जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी परेको छ । उजुरीका आधारमा ती युवकलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । प्रह्ररीले उनलाइ पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएकाे जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update