Erani Mahal
साेमबार पाल्पामा ५४ जना नयाँ काेराेना संक्रमित, १०९ जना निकाे
coronavirus_
पाल्पा – पाल्पामा सोमबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९३ जनामा पीसीआर गर्दा १६ जनामा र ९६ जनामा एनटिजीनबाट कोरोना परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाको तानसेनमा ७, रिबदीकोटमा १, तिनाउमा १३, बगनासकालीमा २, रम्भामा २२ र रैनादेवी छहरामा ३, पूर्वखोलामा १ र रामपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उता सोमबार १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाको विभिन्न स्थानका ४९ महिला र ६० जना पुरुष कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । पाल्पामा हाल ५३ जना विभिन्न अस्पतालहरुमा उपचाररत रहेको र ७०० जना घरमै उपचाररत रहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update