Erani Mahal
पाल्पाकाे रामपुर अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ सञ्चालन गर्न १ कराेड ५५ लाख बजेट
197984069_3001777446700319_4333777395460284096_n
पाल्पा – जिल्लाको पूर्वी भेगमा रहेको रामपुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न संघीय सरकारले बजेट सहमति दिएको छ । रामपुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ७५ लाख बजेट अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको हो । यस्तै सोही अस्पतालमै एचडिओ स्थापनाका लागि समेत ७५ लाख बजेट निकासा सहमति भएको पाल्पाका निवर्तमान सांसद एवं पूर्वमन्त्री दलबहादुर रानाले जानकारी दिनुभएको छ । उहाँले आफ्नो फेसबुकमार्फत यसअघि पाल्पा अस्पताललाई अक्सिजन प्लान्ट स्थापनका लागि बजेट विनियोजन गर्दा रामपुर अस्पताललाई बेवास्ता गरेको भनेर सुनेकाले आफूलाई रामपुर अस्पतालको पक्षमा पहल गर्न अवसर मिलेको बताउनुभएको छ । उहाँले अब रामपुर अस्पतालमा पनि कोरोना संक्रमित बिरामीको उपचार गर्न अक्सिजन प्लान्ट र एचडिओ स्थापना हुने भएकाले खुसी व्यक्त गर्नुहुँदै बजेट सहमतिका लागि सहयोग गर्नुहुने नेपाल सरकार, अर्थमन्त्री, प्रदेशका जनप्रतिनिधि, नेपाल सरकारका कर्मचारीलगायतलाई धन्यवाद दिनुभएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update